नियम ४८
सरुवा गर्ने अधिकारी
: प्रहरी कर्मचारीलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ :– (क) प्रहरी अतिरिक्त महानिरीक्षकलाई नेपाल सरकारले,
(ख) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकलाई गृह मन्त्रीले,
(ग) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मका प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरीक्षकसम्म प्रहरी नायव महानिरीक्षकले,
(घ) प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षकलाईलाई प्रहरी नायव महानिरीक्षक वा आफ्नो क्षेत्रभित्र प्रहरी वरिष्ठ उपरीक्षकले,
(ङ) प्रहरी कार्यालय सहयोगी देखि प्रहरी सहायक निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई प्रहरी उपरीक्षक वा आफ्नो क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालयको प्रमुखले ।